गलत सूचना र तथ्यका आधारमा गभर्नरलाई निलम्बन गरियो: पूर्व अर्थमन्त्री पाण्डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

गलत सूचना र तथ्यका आधारमा गभर्नरलाई निलम्बन गरियो: पूर्व अर्थमन्त्री पाण्डे



काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गलत तथ्य र सूचनाका आधारमा गभर्नरलाई निलम्बन गरिएको बताएका छन् ।

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरममा शनिबार आफ्नो प्रश्तुती दिंदै शुक्रबार सरकारले निलम्बन गरिएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बर गरिनु गलत भएको बताएका हुन् । कार्यक्रममा उनले नेपालमा राजनीतिक आन्दोलन सकिएकाले अब आर्थिक आन्दोलनमा लाग्नुपर्ने पनि बताए ।

अमेरिका, बेलायत, जापान, युरोप जस्ता देशहरु कुनै बेला अविकसित रहेको उदाहरण दिंदै पाण्डेले नेपाल पनि अब आर्थिक क्रान्तिमार्फत समृद्धितर्फ अगाडि बढ्नुपर्ने बताए । समृद्धिका लागि कृषी अपरिहार्य भएको बताउँदै एमाले नेता समेत रहेका पाण्डेले सबै जनता आर्थिक उपार्जनमा लाग्नुपर्ने बताए ।

उनले भने, आर्थिक सृजना गर्न नसक्ने मान्छे, मान्छे होइन । पुर्खौली सम्पत्ती धन होइन त्यो उपहार हो । मागेर धनी भइँदैन । त्यसैले सबै नागरिक आर्थिक उपार्जनमा लाग्नुपर्छ ।’ आगामी निर्बाचनमा सही पार्टी र उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै पूर्वमन्त्री पाण्डेले चुनावले नै मुलुक समृद्धिको आधार तयार गर्ने उनको भनाइ थियो ।

प्रकाशित : २६ चैत्र २०७८, शनिबार ११:०८