सहकारी सम्बन्धी नेशनल युथ फोरम शनिबार पनि जारी, यस्ता छन् कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

Feature News

सहकारी सम्बन्धी नेशनल युथ फोरम शनिबार पनि जारी, यस्ता छन् कार्यक्रम



काठमाडौं । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरम शनिबार पनि जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल उद्घाटन गर्नुभएको फोरमको शनिबार दुई महत्वपूर्ण विषयमा छलफल हुँदैछ ।

दोस्रो दिनको पहिलो सेसनमा ‘टेक्नोलोजी इनोभेसन एन्ड सोसल इन्टरप्रेनरशिप’ विषयमा पूर्वमन्त्री सुरेन्द्र पाण्डेको प्रस्तुती रहेको छ । त्यस्तै ‘अपरच्यूनिष्ट एन्ड आइडिएल विजिनेस फर युथ इन कोओपरेटिभ’ विषयमा युवा तथा साना व्यवसायी महासंघका उपाध्यक्ष डा.देवराज रोकाले प्रश्तुती दिंदैछन् ।

त्यस्तै युवा उद्यमीहरुको अनुभव आदनप्रदानलगायतका कार्यक्रम राखिएको संयोजक सागर ढकालले जानकारी दिए । सम्मेलनमा देशभरका युवा सहकारीकर्मीहरुको सहभागिता रहेको छ ।

राष्ट्रिय सहकारी महासंघको युवा समन्वय उपसमितिको आयोजनामा भएको सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल चलिरहेको हो ।

प्रकाशित : २६ चैत्र २०७८, शनिबार १०:१७