काठमाडौं । राष्ट्रिय सहकारी महासंघको बरिष्ठ उपाध्यक्ष एवम संविधान सभा सदस्य ओमदेवी मल्लले सहकारीमार्फत नेपाली युवाहरु अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्दै गएको बताएकी छिन् ।
शुक्रबारदेखि काठमाडौंमा शुरु भएको नेशनल युथ फोरमको उद्घाटन समारोहमा बोल्दै मल्लले विश्वका विभिन्न देशमा सहकारीकै सहायतामा युवाहरु नेतृत्व तहमा पुगेको बताइन ।
कुनैपनि काममा धैर्यता र निरन्तरता आवश्यक रहेको औंल्याउँदै उनले सहकारीलाई व्यक्तिगत मात्र नभइ मुलुक समृद्धिको मेरुदण्ड भएकाले युवाहरु सोही अनुरुप लाग्नुपर्ने बताइन । अन्तर्राष्ट्रिय सहकारी महासंघमा पनि युवाहरुको सहभागीता बढ्दै गएको जानकारी दिंदै उनले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्नुपर्ने बताइन ।
Comment