एक दशकभित्र निर्णायक तहमा युवा हाबी हुने छन्ः महाप्रबन्धक सुब्बा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

सहकारी

एक दशकभित्र निर्णायक तहमा युवा हाबी हुने छन्ः महाप्रबन्धक सुब्बा



काठमाडाैं । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ् सुब्बाले सहकारी क्षेत्रको अबको फोकस उद्यमशीलता भएको बताएकि छिन् । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको नेशनल युथ फोरममा आफ्नो धारणा राख्दै सुब्बाले अभियानलाई दिगो र मर्यादित बनाउन युवाहरुको सत्रिय सहभागिता आवश्यक भएको धारणा राखिन ।

उनले सहकारी क्षेत्रमा करिब ३० प्रतिशत युवा सहभागिता रहेको आँकडा प्रस्तुत गर्दै युवा सहभागिताले नै सहकारीलाई मर्यादित र प्रविधिमैत्री बनाउने दाबी गरिन । ‘सहकारी अब नवीनतम प्रविधिसँग जोडिनुपर्छ,’ महाप्रबन्धक सुब्बाले भनिन् ,‘ त्यसका लागि युवाको आवश्यकता हुन्छ किनकि उनीहरु सृजनशील, नवप्रवर्तनमुखी र जोखिम बहन गर्न सक्ने सक्षमता बहन गर्छन् ।’

युवामैत्री सहकारी अभियानका लागि महासंघले पनि आफ्नो १० वर्षे रणनीतिमार्फत अवको एक दशकभित्र अभियानको निर्णायक तहमा युवा पुर्याउने नीति अबलम्बन गरिएको गराए । युवामार्फत उद्यमशीलताको बलमा सहकारी अभियानको मुहार फेर्न सकिने विश्वास महाप्रबन्धक सुब्बाको थियोे ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार १२:४९