नेप्सेमा ३०.८९ अंकको गिरावट, तिन कम्पनीको सेयर मुल्यमा उच्च वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

नेप्सेमा ३०.८९ अंकको गिरावट, तिन कम्पनीको सेयर मुल्यमा उच्च वृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोवारको पहिलो दिन ९आईतबार० दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से ३०.८९ अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ४२ विन्दुमा रोकिएको हो ।

त्यसैगरी आज कारोवार रकममा पनि गिरावट आएको छ । आज १ अर्ब ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १९वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १७२ वटा कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

आज तीन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेर कारोवार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त १० प्रतिशतले बढेर प्रतिकित्ता १४५१.४० रुपैंया ,इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३४७.२० रुपैयाँ पुगेको छ भने नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११६१.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सुर्या लाईफ ईन्स्युरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ९ करोड ७२ लाख ५१ हजारभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २० चैत्र २०७८, आईतवार १५:१९