साताको पहिलो दिन सुनको मुल्यमा गिरावट,चाँदीको भने स्थिरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

साताको पहिलो दिन सुनको मुल्यमा गिरावट,चाँदीको भने स्थिरता



काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले गिरावट आएको छ । आज छापावाल सुन प्रतितोला ९९ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो साता शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज तेजाबी सुनकाे मुल्य प्रतिताेला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता ,चाँदीको मूल्यमा भने स्थिरता कायम भएको छ । गत हप्ताको शुक्रबार १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आईतबार पनि सोहि मुल्य कायम रहेकाे महासंघले जनाएको छ ।

प्रकाशित : २० चैत्र २०७८, आईतवार ११:३०