खल्तीले खोज्दै ‘खल्ती लेख स्टार’ ५० हजार जित्ने मौका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

खल्तीले खोज्दै ‘खल्ती लेख स्टार’ ५० हजार जित्ने मौका



काठमाडौं । खल्ती डिजिटल वालेट ‘खल्ती लेख-स्टार’ को खोजीमा हिँडेको छ । जस् अन्तर्गत ३ जनाले रु. ५० हजार, २५ हजार र २५ हजार जित्न सक्नेछन्। ‘खल्ती लेख-स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ ।

इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर,कविता, उखान टुक्का, ट्याग लाइन्स , र्याप आदि मार्फत् सोसल मिडिया मा प्रस्तुत गरी खल्तीलेखस्टार राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ। पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइने छ । यो प्रतियोगिता चैत्र १५ गते देखि बैशाख १४ गते सम्म लागु हुने जनाएको छ ।

यसका साथै ३ जना बिजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पनि पाउनेछन् । यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “‘खल्ती’ शब्द आफैमा हरेक व्यक्तिको दैनिक जीवन सँग आबद्द शब्द भईसकेको छ। यस कुरालाई मध्यनजर गर्दै ‘खल्ती लेख-स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौशला दिने उद्देश्यले यो योजना ल्याएका छौ । यस प्रतियोगितामा आबद्ध हुन सबै आह्वान गर्छु।”

प्रकाशित : १६ चैत्र २०७८, बुधबार १३:५७