स्किल्ल वीक २०२२ को समापन समरोहमा ४ बिधामा नबिल स्किल्ल हिरोको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थबजार स्टोरी

स्किल्ल वीक २०२२ को समापन समरोहमा ४ बिधामा नबिल स्किल्ल हिरोको घोषणा



काठमाडौं । स्किल वीक २०२२, तेस्रो संस्करण समापन भएको छ । समारोह आईतवार द सोल्टी होटेलमा आयोजित विशेष जमघटको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र एक सय प्लस इच्छुक उत्साहीहरुको उपस्थितिमा भब्यताका साथ समापन भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको उपस्थिति थियो ।

स्किल वीक एक हप्ते कार्यक्रम हो । जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक कार्यक्रम २१ मार्च देखी २९ मार्चसम्म सन्चालन भएको थियो ।


यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो । जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी रहेका थिए । यसैबिच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई नबिल स्किल हीरो अवार्ड २०२२ उपाधीबाट सम्मानित गरेको थियो । पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष/एमडी लक्ष्मण न्यौपानेलाई सम्मान गरिएको थियो । उनि पर्यटनको क्षेत्रमा प्रभावशाली ब्यक्तित्वका रुपमा चिनिएका छन् । त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि किरण मानन्धरलाई पनि सम्मान गरिएको थियो । उनि विगत पाँच दशकदेखि नेपालमा समसामयिक कला क्षेत्रमा प्रख्यात छन् ।

उद्यमशीलता विधामा लक्ष्मी वुड क्राफ्ट उद्योगका संस्थापक तथा उद्यमी लक्ष्मी शर्मालाई उद्यमशीलताको क्षेत्रमा योगदान पु¥याएको भन्दै पुरस्कृत गरियो । विज्ञान र प्रविधि क्षेत्रका लागि, तिलगंगा आँखा संस्थानका संस्थापक र दृष्टिविज्ञ नेत्र रोग विशेषज्ञ सन्दुक रुइतलाई सानो चीरा मोतियाबिन्दुको शल्यक्रिया गरेर अफ्रिका र एसियाभरका १ लाख ८० हजार भन्दा बढी मानिसको आँखाको ज्योति पुनर्स्थापना गर्ने प्रयासको लागि सम्मान गरिएको थियाे। नबिल स्किल हिरो – सस्टेनेबल बैंकिङ अवार्ड सुयल बखरा फर्मबाट एकराज सुयललाई सम्मान गरिएको थियो ।

सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२२ नामक भब्य कार्यक्रम सन्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्र्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो ।

सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल ‘वर्क फोर्स अपस्किल्लिड तथा रिस्किल्लिड’ एवम दोस्रो प्यानलमा छलफल ‘स्किल्लस फर पोस्ट पेन्डेमिक वर्लड’ शीर्षकमा आयोजना गरिएको थियो । कार्यक्रमको बिचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनी सम्पन्न गरिएको थियो ।

यस कार्यक्रम नबिल बैंक सँगको साझेदारिमा सन्चालन भएको थियो । साथै रणनीतिक साझेदारका रूपमा वाग्मती प्रदेश, भारतीय राजदूतावास, दक्छयता, युरोपेली संघ, ब्रिटिस काउन्सिल नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् – स्टार्टअप र इनोभेसन समिति ज्ञान साझेदारको रूपमा एसिइ इन्स्ट्रिच्युड अफ म्यानेजमेन्ट, इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्क; आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटल; एयरलाइन्स साझेदारहरूको रूपमा टर्किस एयरलाइन्स र नेपाल एयरलाइन्स; साझेदारका रूपमा नेपाल टेलिकम, होन्डा, गोल्छा ग्रुप तथा माइक्रोसफ्ट; मनोरञ्जन साझेदारको रूपमा नेपाल आइस; र अन्य सहयोगीहरू राष्ट्रिय वाणिज्य बैंक, डिश होम गो, राष्ट्रिय र रिलायन्स लाइफ इन्स्योरेन्स, पिक न् ड्रप, तथा कोजी होम रहेका थिए ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार १५:१०