गरिमा विकास बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

Feature News

गरिमा विकास बैंकको शेयर मूल्य समायोजन



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४८१.०३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५५८ रुपैयाँ रहेको थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र ४ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

गरिमा विकास बैंकले चैत्र १८ गते शुक्रबार पोखराको बिरौटा स्थित होटेल ग्राण्ड पोखरामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १६ प्रतिशतले हुन आउने त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश साधारणसभामा बितरण हुने छ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार ११:१०