अजोड इन्स्योरेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सहकार्यको सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

अजोड इन्स्योरेन्स र भक्तपुर उद्योग वाणिज्य संघबीच बीमा सहकार्यको सम्झौता



काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेबीच बीमा सहकार्यका लागि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बीमा सेवा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा‭’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ । संघका अध्यक्ष मानन्धरले सहभागीलाई बीमाको महत्वका बारेमा बताएका थिए । अजोड इन्स्योरेन्स सिईओ खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा प्रदान गर्न उक्त सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । ‬

सो कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्रराज दाहालले बीमा गर्ने समयमा पर्याप्त छलफल गर्न सकेमा पछि दाबीको अवस्थामा कुनै समस्या नहुने बताएका छन् । कार्यक्रमका संयोजक तथा संघका महासचिव दिनेश गोसाई, संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौवन्जालगायतको उपस्थिति थियो ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार १४:५२