नेप्सेमा दोहोरो अंकले गिरावट, ३ अर्ब ३६ करोड ४२ लाखको कारोवार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा दोहोरो अंकले गिरावट, ३ अर्ब ३६ करोड ४२ लाखको कारोवार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.१५ अंकले घटेर दुई हजार ६ सय ५० दशमलब ९७ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ३६ करोड ४२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५२ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १३० कम्पनीका लगानीकर्ताहरुले भने गुमाएका छन् ।

आज इमजिङ नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४२९.७० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.१३ प्रतिशतले घटेको छ ।

प्रकाशित : १ चैत्र २०७८, मंगलवार १५:२५