सुनचाँदीको मुल्यमा गिरावट, कतिमा भईरहेको छ कारोवार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा भईरहेको छ कारोवार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मुल्य तोलामा ३ हजार ५०० रुपैंयाले घटेर एक लाख दुई हजार रुपैंयामा कारोबार भएको हो ।

अघिल्लो दिन (बुधबार) छापावाल सुन तोलाको एक लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरि, तेजावी सुनको मूल्य बिहिबार प्रतितोला एक लाख एक हजार ५०० रुपैंया कायम गरिएको छ । यता चाँदीको मुल्यमा पनि आज गिरावट आएको छ । चाँदी प्रतितोला ४५ रुपैंयाले घटेर प्रतितोला १४०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहीबार ११:५०