के हो कोप कार्ड ? सहकारी संस्था कसरी आबद्ध हुने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

के हो कोप कार्ड ? सहकारी संस्था कसरी आबद्ध हुने ?



बढदै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्ये नजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै ATM कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा Coop Card जारी गर्न लागिएको हो । आगामी तीन महिनाभित्र कार्ड सेवा सुरु गर्ने तयारी गरिएको छ ।

सहकारी संस्थाहरुले कोप कार्ड ब्राण्डमा सदस्यहरुलाई एटिएम सेवा दिन पाउनेछन् । सहकारी संस्थाहरुले सहकारी बैंकसँग सम्झौता गरी एटिएम सेवा दिनसक्छन् भने कारोबारको सेटलमेन्ट समेत सहकारी बैंकबाटै हुनेछ ।

ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत यसका सदस्य सहकारीहरुले Coop Card जारी गर्नेछन । यसका लागि SCT ले चाइना युनियन पे सँग सहकार्य गर्दै आएको छ ।

सहकारीका सबै सदस्यलाई सेवा पुर्याउदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको Coop Card जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका ATM/POS मार्फत सहजै चलाउन सकिनेछ ।

यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी Coop Card जारी गर्न सक्नेछन । यस सुविधाले सदस्यहरुको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र बित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको कोप कार्ड जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा फागुन २२ गते सम्पन्न भएको हो ।

प्रकाशित : २३ फाल्गुन २०७८, सोमबार १०:५९