नेष्डो समृद्ध लघुवित्तको आइपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेष्डो समृद्ध लघुवित्तको आइपीओ निष्काशन



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते (आज)देखि आइपीओ निस्कासन गर्दै छ । लघुवित्तले प्रति साधारण शेयर १०० रुपैयाँ अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ ।

त्यस्तै ५ प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।

कम्पनीको आईपीओ छिटोमा फागुन १५ गते बन्द हुने छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरे ढिलोमा फागुन २५ गतेसम्म समय थपिने छ । यस अघिको आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५ गते नै यो आईपीओमा आवेदन दिने मिति बन्द हुने देखिन्छ । लघुवित्तको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार १०:३९