जीवन विकास लघुवित्तकाे बम्पर लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जीवन विकास लघुवित्तकाे बम्पर लाभांश घोषणा



काठमाडाैं । जीवन विकास लघुवित्तले बम्पर लाभांश घोषणा गरेको छ। कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६४ लाख रहेको छ ।

प्रकाशित : ८ फाल्गुन २०७८, आईतवार १०:३२