जेठ ४ गते स्थानीय तहकाे चुनाव गर्ने निर्वाचन आयाेगकाे प्रस्ताव,खर्च १२ अर्ब लाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

जेठ ४ गते स्थानीय तहकाे चुनाव गर्ने निर्वाचन आयाेगकाे प्रस्ताव,खर्च १२ अर्ब लाग्ने



काठमाडौं ।निर्वाचन आयोगले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्न प्रस्ताव गरेको छ । आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज मंगलबार भएको छलफलमा आयोगले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने नयाँ मिति प्रस्ताव गरेको हो ।

यसअघि आयोगले वैशाखको १४ र दुई चरणमा गर्नुपर्ने भए दोस्रो चरणका लागि वैशाख २२ गतेको प्रस्ताव गरेको थियो । तर सरकारले मिति नतोकेको र सत्तारुढ गठबन्धनबीच जेठ महिनाभित्र चुनाव गर्ने सहमति भएपछि आयोगले जेठ ४ गते एकै दिन चुनाव गर्ने प्रस्ताव गरेको हो ।

स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ गते सकिँदैछ । आयोगले सरकारलाई ६ पृष्ठको सुझाव पेस गरेको छ । स्थानीय तह निर्वाचन ऐनमा निर्वाचन आयोगसँगको परामर्श गरेर सरकारले मिति घोषणा गर्ने प्रावधान छ ।

१२ अर्ब रुपैयाँ लाग्ने

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ लाग्ने जनाएको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासंगको छलफलमा सो कुरा राखेको हो ।

आयोगले एकै चरण निर्वाचन नभए खर्च थप हुने अनुमानसमेत गरेको छ । जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गठबन्धनको तयारी रहेको छ ।

प्रकाशित : १८ माघ २०७८, मंगलवार १८:३१