अजोड इन्स्योरेन्सको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

अजोड इन्स्योरेन्सको नाफा कति ?



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड ६३ लाख खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. ४ करोड ६ लाख यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा १४ दशमलव शून्य ४ प्रतिशत बढेको हो । यस वर्ष कम्पनीले १५ दशमलव ७० प्रतिशत बढी आम्दानी गरेको छ भने १७ दशमलव ७२ प्रतिशत बढी खर्च गरेको छ ।

रू. ८ करोड ५५ लाख आम्दानी गरेको कम्पनीले रू. ३ करोड ९२ लाख खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. ११ करोड ८० लाख छ । गत वर्षको तुलनामा जगेडा कोष रकम ७७ दशमलव ९८ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ६ करोड ६३ लाख थियो ।

कम्पनीको बीमा कोष रकम पनि गत वर्षभन्दा ६३ दशमलव ६० प्रतिशत बढेको छ । गत वर्ष रू. ८ करोड २७ लाख रहेको बीमा कोष रकम यस वर्ष रू. १३ करोड ५३ लाख पुगेको छ । गत वर्षभन्दा १६ दशमलव शून्य ९ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्षभन्दा ६९ दशमलव शून्य ६ प्रतिशत कुल दाबी भुक्तानी गरेको छ ।

यस वर्ष कम्पनीले रू. ७९ करोड २१ लाख कुल दाबी भुक्तानी गरेकोमा रू. ३५ करोड ८ लाख कुल दाबी भुक्तानी गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ४० रहेको छ ।

प्रकाशित : १८ माघ २०७८, मंगलवार १२:१२