एनआईसी एसिया बैंकका ३६ वटा शाखा तथा विस्तारित काउन्टर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एसिया बैंकका ३६ वटा शाखा तथा विस्तारित काउन्टर बन्द



काठमाडाैं । एनआईसी एसिया बैंकका देशका विभिन्न स्थानमा रहेका ३६ वटा शाखा तथा विस्तारित काउन्टर आज मंगलबार बन्द रहने भएका छन्।

बैंकले एक सूचना जारी गर्दै बागमती प्रदेशका २८ वटासहित देशका विभिन्न स्थानमा ३८ वटा शाखा तथा विस्तारित काउन्टर मंगलबार बन्द रहने जानकारी गराएको हो। बैंकका अनुसार बागमती प्रदेशमा बूढानीलकण्ठ, माछापोखरी, कीर्तिपुर, न्युरोड (खिचापोखरी), ठूलोभर्याङ, बसेनी, महाराजगन्ज, पेप्सीकोला, सिनामंगल, सातदोबाटो, गोदाबरी किटिनी, काँडाघारी, नारायणगढ, दरबारमार्ग, गोठादार, माछापोखरी, कीर्तिपुर, न्युरोड (खिचापोखरी), कौशलटार र धुलिखेल शाखा बन्द रहनेछन्।

यसैगरी बागमती प्रदेशकै गोलढुंगा, धोबीघाट, नेपाल ल क्याम्पस, इकाछु, लामाटार, लुभु, थैव, चन्द्रागिरि, एलआरआई स्कुल एसिया कलंकी, इकाछु, लामाटार, लुभु, मूलपानी र डाँछी विस्तारित काउन्टहरु पनि बन्द रहने बैंकले जनाएको छ।

प्रदेश १ मा भने बैंकले रोडशेष चोक (विराटनगर), बुधबारे शाखा तथा इटहरी उपमहानगरपालिका विस्तारित काउन्टर पनि बन्द गरेको छ।

मधेश प्रदेशमा महेन्द्रनगर (धनुषा) शाखा, गण्डकीमा पावरहाउस चोक शाखा, कर्णालीमा जुम्ला जोड शाखा तथा देवकोटा चोक शाखा र भैरहवा शाखा बन्द रहने बैंकले जनाएको छ।

यी शाखा तथा विस्तारित काउन्टरबाहेक देशका विभिन्न स्थानमा रहेका अन्य शाखा तथा विस्तारित काउन्टर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलै रहने बैंकले स्पष्ट पारेको छ।

एनआईसी एसिया बैंकको लाभांश प्रस्ताव रद्द

एनआईसी एशिया बैंकका ११ शाखा बन्द

प्रकाशित : ११ माघ २०७८, मंगलवार ११:५९