एनआईसी एसिया बैंकको लाभांश प्रस्ताव रद्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एसिया बैंकको लाभांश प्रस्ताव रद्द



काठमाडाैं । नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि एनआईसी एसिया बैंकको लाभांश प्रस्ताव रद्द भएको छ । राष्ट्र बैंकले एनआईसी एसियाको क्यापिटल कन्जरभेसन बफर पर्याप्त नभएको भन्दै लाभांश स्वीकृत नगरेको हो । राष्ट्र बैंकले लाभांश स्वीकृत नगरेसंगै बैंकले प्रस्तावित लाभांश रद्द गर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७८९४७ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी ११ अर्ब ५६ करोड ४० लाख रहेको छ ।

बैंकले राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने जनाएकोमा राष्ट्र बैंकले स्वीकृत नदिएपछि लाभांश प्रस्ताव नै रद्द गरेको हो । उक्त निर्णयसँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश नपाउने भएका छन् । साथै, बैंकले यस निर्णयबाट सेयरधनी लगायत सम्पूर्ण सरोकारवालाहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

प्रकाशित : १० माघ २०७८, सोमबार ११:०३