हिमालयन बैंकले सूदुर पश्चिममा खोल्यो आठौं शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन बैंकले सूदुर पश्चिममा खोल्यो आठौं शाखा



काठमाडाैं । हिमालयन बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा शाखा स्थापना गरेको छ  । बैंकले कञ्चनपुर जिल्ला  स्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा  पुष २६ गते सोमबार देखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको हो । 

 बैंकले उक्त  शाखाबाट सम्पुर्ण ग्राहक  महानुभावहरुलाई  अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।  बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।

यस शाखा समेत हाल बैंकको  कुल  शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ  भने एटिएम संख्या १४८  पुगेको छ ।

प्रकाशित : २७ पुष २०७८, मंगलवार १३:३४