सेयर बजारमा तीव्र उतारचढाव, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सेयर बजारमा तीव्र उतारचढाव, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?



काठमाडाैं । सेयर बजारमा तीव्र उतारचढाव देखिएकाे छ । शेयर बजार ४.६५ अंकले घटेर २ हजार ४ सय १४.१९ बिन्दुमा झरेको हो । बजारमा आज १८९ वटा कम्पनीको ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता शेयर कारोबार भएको छ । कूल २२८ वटा कम्पनीकाे ९८ लाख ७९ हजार एक सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६ सय ७८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेको छ । आज महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १६ कराेड ५८ लाख ६२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ४४ रूपैयाँ पुगेकाे छ ।

आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ५.३४ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार एक सय रूपैयाँमा झरेकाे छ ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार १५:२७