व्यवसायीक खेतिमा सदस्यलाई आबद्ध गराउदै प्रगतिशिल महिला विकास बहुउद्देश्यीय सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

Feature News

व्यवसायीक खेतिमा सदस्यलाई आबद्ध गराउदै प्रगतिशिल महिला विकास बहुउद्देश्यीय सहकारी



रुपन्देही । महिलाहरुले तोरी र पिठो पिसाउन बहाना बनाएर घर बाहिर निस्केर कठिन सघर्षबाट जन्मिएको प्रगतिशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले व्यवसायीक रुपमा समेत उनिहरुले आफ्नो क्षमता प्रदर्शन माध्यम बनेको छ ।

मासिक २०५४ सालमा १० रुपैया उठाएर सुरु गरेको याे सहकारीले बचत गर्ने बानि बसाल्ने मात्रै हैन कृषि क्षेत्रमा समेत सक्रिय रुपमा काम गर्दै आएको छ । २६ जना महिलाहरुको संक्रियतामा सुरु भएको सहकारीमा हाल २ हजार २२४ जना सेयर सदस्यहरु रहका छन् । विषेश गरेर कृषि र पशुपालन क्षेत्रमा लगानी विस्तार गर्दै आएको सो सहकारीमा आबद्धहरुले १७ वटा समूह बनाएर कृषि र पशुपालन गर्दै आएको छ ।

सहकारीले विनाधितो ५ लाख रुपैयासम्म र धितोराखेर ३० लाख रुपैयाँसम्म ऋण दिँदै आएको अध्यक्ष न्यौपानेको भनाई छ । सहकारीले ६२ विघा क्षेत्रमा आलुको बिउ उत्पादनसमेत गर्दै आएको स‌ंस्थाकी अध्यक्ष सिता न्याैपानेले जानकारी दिइन । सुरुवाती अवस्थामा २ रुपैया बचतका लागि निकाल्न नसक्ने सहकारीको अहिले कुल पूँजी २४ करोड रुपैया रहेको छ ।

सदस्यको जिवन स्तरलाई माथी उठाउने र उनिहरुलाई उद्यमी बनाउने संस्थाको योजना तथा कार्यक्रमलाई कृषि मैत्री बनाएको अध्यक्ष न्याैपानेले बताइन । ‘कृषि उत्पादन गर्ने र व्यवसायिक गर्ने सदस्य क्रमशः बढ्दै गएका छन्’उनले भनिन् । केही महिला दिदिबहिनीहरु सहकारीमा लागेकै कारण जनप्रतिनिधी समेत बन्न पुगेका छन् ।

अहिले धेरे कृषक व्यवसायिक भएको र कृषि उत्पादन नै सदस्यको पहिलो प्राथमिकता बनेको छ । महिलाले नेतृत्व गरेकाे याे सहकारीमा पैसाका लागि प्रतिस्पर्धा गर्ने भन्दा नि सदस्यको जिवन स्तर कसरी सुधार गर्ने भन्ने पक्षमा केन्द्रित भै काम गर्दै आएको छ । त्यस्तै यस सहकारीले २१ सय ७२ जना बालबालिकालाई समेटी बचत कार्यक्रम सञ्चालन गरि रहेको छ । छरिएर रहेको पुँजीलाई एकिकृत गरि व्यवसायीक खेतिमा सदस्यलाई आबद्ध गराउदै आएको छ । महिलामा रहेको क्षमता र उनिहरुको आर्थिक अवस्था माथि उकास्न सहयाेगी बनेर काम गर्दै आएको अध्यक्ष न्याैपानेको भनाई छ ।

‘सदस्यहरु उत्पादनमा लाग्नु भएको छ ’ अध्यक्ष न्याैपानेले भनिन् । चाहिएको आर्थिक सहयोग गरेर सहकारीका सदस्यलाई उत्पादनमा लाग्न प्रेरित गरे पनि बजारको मुख्य समस्या रहेको उनको भनाई छ । सदस्य किसानले उत्पादनले खुल्ला सिमाका कारण मूल्यमा समस्या आएको हो । सिमाबाट सस्तोमा कृषि उत्पादन आउने भएका कारण पनि स्वदेशमा नै केही गर्छु भन्नेलाई हतास बनाएको अध्यक्ष न्याैपानेले बताइन ।

प्रकाशित : २८ मंसिर २०७८, मंगलवार १३:४९