प्रशान्त क्षेत्र सामुद्रिक प्राणीका लागि ‘प्लाष्टिककाे ठूलाे बासस्थान ‘ : अध्ययन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रशान्त क्षेत्र सामुद्रिक प्राणीका लागि ‘प्लाष्टिककाे ठूलाे बासस्थान ‘ : अध्ययन



न्युयाेर्क । वैज्ञानिकहरुले खुला सागरको एउटा क्षेत्रमा प्लाष्टिकको थुप्रोमा बस्ने समुद्री जनावरहरु पत्ता लगाएका छन् । वैज्ञानिकहरुले साे क्षेत्रलाई ग्रेट प्यासिफिक गार्वेज प्याच बताएका छन् । साे प्याच क्यालिफाेर्नियाकाे तटदेखि पश्चिमी अमेरिकी राज्य हवाइ हुँदै खुला सागरसम्म फैलिएकाे वैज्ञानिकहरुकाे भनाई छ । अधिकांश प्राणी  तटीय प्रजातिका रहेको र उनीहरु आफ्नो स्वभाविक वासस्थानबाट धेरै माइल टाढा बस्ने गरेको पाइएको छ ।

प्लाष्टिककाे ड‌ंगुरकाे ९० प्रतिशत क्षेत्र एनिमाेन, सानाे समुद्री किरा, शंखे किरा, गंगटाेलगायतका विरुवा र जनावर भेटिएका थिए । प्लाष्टिकहरुले अतिक्रमित जातिलाई अ‌ायात गर्न सहयाेग गरेकाे भन्दै वैज्ञानिकहरुले चासाे देखाएका छन् । अध्ययनमा प्रशान्त क्षेत्रमा तैरिनेदेखि संग्रह हुने स्थानकाे एउटा चक्रका पाँच सेन्टिमिटरभन्दा बढी व्यासका प्लाष्टिकजन्य पदार्थहरुकाे जाँच गरिएकाे थियाे ।

अध्ययन समूहका मुख्य अनुसन्धानकर्ता तथा स्मिथसाेनियन इनभार्नाेमेन्टल रिसर्च सेन्टरका विज्ञ डा‍ लिन्से हरामले भने, ‘तपाइले यसअघि खुला समुद्रमा देखेकाे प्राकृतिक फाेहरभन्दा प्लाष्टिक बढी स्थायी हुन्छन् । याे क्षेत्रमा प्लाष्टिकले एउटा अझै स्थायी बासस्थान सृजना गरेकाे छ । ‘

ओसियन भाेयज इन्स्टच्युटकाे सहकार्यमा डा. हारमले अध्ययन गरेका थिए ।  इन्स्टच्युटले समुद्रमा फालिएका प्लाष्टिकहरु संकलन गर्छ । 

पृथ्विमा कम्तिमा पाँच ओटा प्लाष्टिक स‌ंक्रमित चक्र छन् । ग्रेट प्यासिफिक गार्वेज प्याच सबैभन्दा बढी प्लाष्टिक तैरने चक्र हाे । याे चक्रमा ६ लाख १० हजार वर्ग माइलमा ७९ हजार टन प्लाष्टिक तैरिएकाे अनुमान छ । 

प्रकाशित : १९ मंसिर २०७८, आईतवार १४:५०