समीट लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

समीट लघुवित्तको लाभांश घोषणा



काठमाडाैं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको हिजो मंसिर १३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५.२८५३१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सजिलो लघुवित्त र समीट लघुवित्तबीच मर्जर कार्य सम्पन्न भई २०७७ असोज ६ गतेबाट एकीकृत कारोबार सुरु भइसकेको हुँदा घोषित लाभांशमा कर नलाग्ने भएकाले नगद लाभांश करको व्यवस्था नगरिएको संस्थाले जनाएको छ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छः

प्रकाशित : १४ मंसिर २०७८, मंगलवार १०:३४