मुक्तिनाथ विकास बैंकले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंकले बोलायो साधारणसभा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले पन्ध्रौ वार्षिक साधारण सभा मंसिर २५ गते बोलाएको छ । कम्पनीले सभा बिहान ९ बजे होटल जल महल घारीपाटन पा्ेखरा कास्कीमा गर्ने जानकारी गराएको हो । सभाले १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९२५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साथै यस मुक्तिनाथ विकास बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने प्रयोजनको लागि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १५ गते बन्द रहनेछ । यस आधारमा मंसिर १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रकाशित : ५ मंसिर २०७८, आईतवार १३:२८