- प्लाष्टिक तथा पोली प्रोपिलिन झोलामुक्त नेपाल बारेको सार्वजनिक सूचना
नेपाल सरकारले आब०७३।०७४को बजेट वक्तव्य मार्फत प्लाष्टिक तथा पोली प्रोपिलिन झोलाको प्रयोगबाट मानव स्वास्थ्य, वतावरण र सहरी सौन्दर्यमा पर्ने प्रतिकुल प्रभावलाई अन्त्यगर्न प्लाष्टिक तथा पोली प्रोपिलिन झोलाको आयत, निर्यात, बिक्रि वितरण र उपयोग गर्न नपाईने व्यवस्था गरेको हुँदा सोहि अनुसार प्लाष्टिक तथा पोली प्रोपिलिन झोलाको आयत , निर्यात बिक्री वितरण र उपयोग नगर्न।नगराउन सम्पुर्ण उद्योगी, व्यवसायी, थोक तथा खुद्रा बिक्रेता एवं सर्वसाधारणहरुमा जानकारी गराईन्छ । यदि कसैले यस सूचना विपरित कार्य गरेको पाइएमा कानुन बमोजिम भैजाने व्यहोरा अनुरोध छ ।
साथै प्लाष्टिक तथा पोली प्रोपिलिन झोलाको विकल्पको रुपमा नेपालमै उत्पादन हुने कच्चा पदार्थ जस्तै जुट, अल्लो, सुती तथा अन्य कपडाको झोला, कागजका झोलाहरु प्रयोग गर्ने सकिने हुँदा वतावरण मैत्री यस्ता झोलाहरुको प्रयो्ग गर्न अनुरोध गरिन्छ । - प्लाष्टिक तथा पोली प्रोपिलिन झोला विनाको जिवनका लागि व्यवहारिक सुझावहरु
घरबाट बाहिर निस्कने बेला झोलाम सजिलै पट्याउन सकिने वैकल्पिक झोला राख्न नबिर्सौ ।
आफ्नो कार्यलय वा सवारी साधनमा वैकल्पिक झोला राख्ने गरौँ ।
खुल्ला रुपमा बेचिने सामग्रीहरुको जस्तैः चिनी, दाल, चामल आदि किन्न जाँदा घरबाटै झोला वा बट्टा लिएर जाने गरौँ ।
21 August, 2016 2:23 am






Comment