नबिल बैंकले गर्‍याे ३८ प्रतिशत लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

बैंक / वित्त

नबिल बैंकले गर्‍याे ३८ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३३ दशमलव  ६ प्रतिशत बोनस सेयर र करसहित ४ दशमलव ४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

बैंकले घोषणा गरेको सो लाभांश चार वर्ष यताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ बाट बैंकले ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको थियो । उक्त्र प्रतवित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । 

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार ११:१०