सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ७२ दशमलव ७१ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ७२ दशमलव ७१ प्रतिशतले बढ्यो



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले तीन महिनामा पाँच करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ७२ दशमलव ७१ प्रतिशतले बढी हो । गत वर्ष बैंकले तीन करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३७ दशमलव ०२ प्रतिशत र सञ्चालन नाफा १४२ दशमलव ६३ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन  ४५ दशमलव ५० प्रतिशत र कर्जा लगानी ५६ दशमलव ५० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको वितरण योग्य नाफा भने एक करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

यस अवधिमा बैंकको खराब कर्जा भने एक दशमलव ६४ प्रतिशतमा झरेको छ । त्यस्तै, सांग्रिलाको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ २४ पैसा छ । 

प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार ११:५९