तीन वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

तीन वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही



काठमाडाैं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ३ वटा बैंकलाई कारबाही गरी हर्जना तिराएको जनाएको छ।

तीन वटा बैंकलाई नै अनिवार्य नगद मौज्दात अर्थात् वैधानिक तरलता अनुपात राष्ट्र बैंकले तोकिएबमोजिम नराखेको भन्दै कारबाही गरेको हो।

राष्ट्र बैंकको नीति उल्लंघन गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो।

नेपाल बंगलादेश बैकलाई ३० हजार ३ सय २४ रुपैयाँ ४२ पैसा, प्रभु बैंकलाई ३५ हजार ६ सय ९५ रुपैयाँ १२ पैसा तिराएको हो।

राष्ट्र बैंकले हिमालयन बैंकलाई दुई पटक कारबाही गरेको छ। एकपटकका १७ हजार १ सय २२ रुपैयाँ ३ पैसा र अर्को पटकमा १२ हजार ८ सय ९९ रुपैयाँ १ पैसा तिराएको हो।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार १२:२८