लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

Feature News

लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकले बोलायो साधारणसभा



काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले १४ कात्तिकमा १७औं वार्षिक साधारणसभा आह्वान गरेको हो। 

बैंकले कोरोनाका कारण भर्चुअल रूपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने जनाएको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् ।

साधारणसभाका लागि बैंकले ७ कात्तिकमा एक दिनको लागि बुकक्लोज गर्नेछ । जसअनुसार ४ कात्तिकसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : २४ आश्विन २०७८, आईतवार ११:०१