स्वाभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वाभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश दिने



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई ३४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको आज बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा ३२.३० प्रतिशत बोनस शेयर र कर प्रयाजनको लागि १.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले दुई करोड ९७ लाख ३२ हजार १५० रुपियाँ बराबरको बोनस शेयर र १५ लाख ६४ हजार ८५० रुपियाँ नगद लाभांशमा वितरण गर्ने भएको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन कम्पनीले जनाएको छ ।

प्रकाशित : १७ आश्विन २०७८, आईतवार १८:२९