सनराइज बैंकको १४औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको १४औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम



काठमाडौं । सनराइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सहयात्रा जीबन सुरक्षाको लागि भन्ने नाराको साथ यहि असोज १५ गते बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हो ।

बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् । आउँदै गरेको महान चाँड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाइ परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पु¥याउने बैंकको विश्वास छ ।

दशैं र बैंकको १४औं वार्षिकउत्सवको अवसरमा सर्वाधिक १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको यस बैंकले वातावरण, स्वास्थ्य, सरसफाई, आदि क्षेत्रमा यस महिना भर विभिन्न कार्यक्रम गरी सहयोग पु¥याउने योजना रहेको जनाएको छ ।

प्रकाशित : १७ आश्विन २०७८, आईतवार १८:१३