साहस उर्जाको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साहस उर्जाको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल



काठमाडौं । साहस उर्जाले सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले सेयरधनीहरुको सेयर दाखिल खारेज लगायतको सेयर सम्बन्धित सबै काम गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो ।

सो सम्बन्धमा साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटलबीच असोज १७ गते आइतबार सम्झौता गरेको हो । उक्त सम्झौतामा साहस उर्जाबाट प्रबन्ध संचालक शुसिल थापा र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

यससँगै, नियुक्त भएको दिनदेखि नै लागू हुने संस्थाले जनाएको छ । साहस उर्जा वि.स. २०७० माघ १९ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित भई वि.स. २०७१ भाद्र २९ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरित भएको थियो ।

प्रकाशित : १७ आश्विन २०७८, आईतवार १८:०४