प्रभु क्यापिटलको चुक्ता पुँजी १ अर्ब पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु क्यापिटलको चुक्ता पुँजी १ अर्ब पुग्यो



काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडको चुक्ता पुँजी १ अर्ब पुगेको छ । मर्चेन्ट बैंहरुमध्ये सबैभन्दा धेरै क्यापिटल भएको कम्पनी प्रभु क्यापिटल बनेको छ ।

कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । असोज १६ शनिवार ठमेलमा अवस्थित होटेल एलोफ्टमा सम्पन्न साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गरेको हो ।

यससँगै नेपाल धितो पत्र बोर्डबाट मर्चेन्ट बैंकिंग कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पुँजी पुर्याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तर्गत शेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपि सदस्य, सामूहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतको सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १७ आश्विन २०७८, आईतवार ११:३९