एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आज असोज १५ गतेशुक्रबार लाजिम्पाट स्थित आफ्नै कार्यालयमा सभा सम्पन्न गरेको हो ।

साधारणसभाले लाभांश सहितका विभिन्न प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २६ प्रतिशतल हुन आउने ७ करोड २ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी भएकोले बैंकले यो लाभांश पाउने छ ।

त्यस्तै सभाले अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालकको कार्यकाल सकिन लागेको हुँदा हालका संचालकलाई नै फेरी नियुक्त गर्ने, लगायतका प्रस्ताव पारित गरेको छ । जस अनुसार

त्यस्तै विशेष प्रस्तावमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको ४ लाख २४ हजार खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार १५:३८ 1 October, 2021 3:38 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।