कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा



काठमाडाैं । कुमारी बैंक लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ ।

बैंकका संस्थापक सेयरधनीले आफ्नाे नाममा रहेकाे ४ लाख ३३ हजार ६ सय ४० कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल वा बैंककाे केन्द्रिय कार्यालय, टंगाल, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार ११:३३