ओली तानाशाही भए, रुन पनि पाइँदैन भन्ने शेरबहादुर देउवा देखेर लोकतन्त्र रोइरहेको छ : बस्नेत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

ओली तानाशाही भए, रुन पनि पाइँदैन भन्ने शेरबहादुर देउवा देखेर लोकतन्त्र रोइरहेको छ : बस्नेत



काठमाडौं। एमाले नेता महेश बस्नेतले नेपाली कांग्रेस देखेर लोकतन्त्र रोइरहेको बताएका छन् । एमाले चाँगुनारायण नगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘हिजो केपी ओली तानाशाही भए ओलीको पालामा रुन पनि पाइँदैन भन्ने शेरबहादुर देउवा र लोकतन्त्रको हिमायती ठान्ने देउवा र कांग्रेसका अनुयायी देखेर लोकतन्त्र रोइरहेको छ ।’

बस्नेतले मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकार अस्वस्थ रहेको बताए । ‘यसको जन्म नै परमादेशबाट भएको छ । यो सरकार जन्मिँदै अस्वस्थ कुपोषण भएर जन्मियो । यिनले ल्याएको बजेटले अघिल्लो सरकारको १४ सय सडक कटौती गर्यो । भक्तपुरका पनि परे । ओली सरकारको लोकप्रिय बजेट प्रतिस्थापन गरियो,’ बस्नेतले भने ।

देश विकास गर्ने शक्ति कमजोर पार्न एमाले फुटाइएको उनको आरोप थियो । ‘हिजो ओलीलाई आरोप लगाउने प्रचण्ड यो समग्र योजनाको डिजाइनर म र माधव नेपाल हो भनेर खुल्लम खुल्ला हिँडिरहेका छन्,’ उनले भने, ‘हाम्रोविरुद्ध चौतर्फी घेराबन्दी छ । सुखी नेपाली समृद्ध नेपालको लिड गर्ने पार्टी एमाले हो । यसलाई कमजोर नबनाएसम्म तस्कर माफियाको अड्डा बनाउन सकिँदैन भन्ने छ ।

चुनावसम्म सत्ता गठबन्धन नटिकाए एमालेलाई हराउन सकिँदैन भनेर प्रचण्ड गठबन्धन जोगाउन रातदिन लागिपरेको उनको भनाइ थियो । एमालेले एक्लै भिड्ने र यसका लागि नेता कार्यकर्ता सचेत हुनुपर्ने बस्नेतले जोड दिए ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलवार १४:२९