धितोपत्र बोर्डबाट ढुंगाना हट्ने पक्का ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

धितोपत्र बोर्डबाट ढुंगाना हट्ने पक्का !



काठमाडौं । सर्वोत्तम सिमेन्ट शेयर खरिद प्रकरणका आरोपी नेपाल धितो पत्रबोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोध्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानासित स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उक्त निर्णयसँगै उनको पद धरापमा परेको हो ।

यसअघि, सरकारले ढुंगानामाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो । सोही दिनको मन्त्रिपरिषद् बैठकबाट उनलाई निलम्बन गरिएको थियो । उक्त आयोगको सिफारिसबमोजिम स्पष्टीकरण सोधिएको हो ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार २१:४६