काठमाडाैं । तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीले जानकारी दिए । उनका अनुसार शर्माले धरौटी रकम बुझाउने तयारी गरेका छन् ।
कर फछ्यौंट आयोगले व्यवसायीलाई जथाभावी कर छुट दिएर राज्यकोषको १ अर्ब ३३ लाख रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोर ९ गते शर्मासहित लुम्बध्वज महत र सदस्य उमेश प्रकाश ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । अदालतले महत र ढकाल दुबैलाई आइतबार ५०/५० लाख धरौटी माग गरेको थियो । सोमबार भएको थुनछेक बहसपछि शर्मासँग पनि धरौटी माग गरिएको हो ।
Comment