गुराँस लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

गुराँस लघुवित्तको लाभांश घोषणा



काठमाडाैं । गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १६.९० प्रतिशतले हुन आउने १ करोड ४१ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८८९ प्रतिशतले हुन आउने ७ लाख ४२ हजार १ सय ५ रुपैयाँ नगद लाभांश गरि कुल १७.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ८ करोड ३४ लाख रहेको छ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार ११:४५