नबिल इक्विटी र ब्यालेन्स्ड फन्ड-२ मा लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल इक्विटी र ब्यालेन्स्ड फन्ड-२ मा लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । आज आइतबार नबिल इक्विटी र नबिल ब्यालेन्स्ड फन्ड-२ मा लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको २२ भदौको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाई धनीलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्सड फण्ड-२ का इकाई धनीलाई करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

दुबै फन्डले लाभांश प्रयोजनका सोमबार बुक क्लोज गर्दैछन् । आजसम्म कायम इकाई धनीले यी दुई फन्डले घोषणा गरेको लाभांश पाउनेछन् । 

दुबै योजनाको कोष प्रवर्द्धक नबिल बैंक लिमिटेड रहेको छ ।  नबिल इक्विटी फण्डले नगद लाभांश वितरणमा ५० करोड रुपैयाँ खर्चने छ । नबिल ब्यालेन्स्ड फन्ड-२ ले नगद लाभांश वितरणमा ३९ करोड २० लाख रुपैयाँ खर्चने छ ।

प्रकाशित : १० आश्विन २०७८, आईतवार १०:१५