एचआईडीसीएलको साढे तीन करोड कित्ताभन्दा बढी शेयर लिलाम बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एचआईडीसीएलको साढे तीन करोड कित्ताभन्दा बढी शेयर लिलाम बिक्री खुला



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले साढे तीन करोड कित्ताभन्दा बढी शेयर लिलाम बिक्री खुला गरेको छ । बिहीबार ७ असोजदेखि कुल तीन करोड ६२ लाख २९ हजार सात सय २४ कित्ता सेयर लिलामी खुला गरेको छ ।

कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार सात सय २४ कित्ता र संस्थापक समूहको तीन करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको हो । संस्थापक समूहको सेयरमा लगानीकर्ताले न्यूनतम एक करोड कित्ताका लागि आवेदन दिनुपर्नेछ भने सर्वसाधारण तर्फको शेयरमा न्यूनतम एक सय कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ। कम्पनीले ५ साउनदेखि ८ भदौसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको शेयर लिलामी बिक्री खुला गरेको जनाएको छ ।

सो सेयर खरिदका लागि इच्छुक व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी आवेदन भर्न सक्नेछन् । सो सेयरमा ७ असोजदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार ११:०५