एनएमबी हाइब्रिड फन्ड एल-१ र एनएमबी-५० ले हितग्राही खातामा नगद लाभांश जम्मा गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबी हाइब्रिड फन्ड एल-१ र एनएमबी-५० ले हितग्राही खातामा नगद लाभांश जम्मा गर्दै



काठमाडौं । एनएमबी हाइब्रिड फन्ड एल-१ र एनएमबी-५० ले इकाइधनीलाई नगद लाभांश खातामा जम्मा गर्न थालको छ । एमएमबी हाइब्रिड फन्ड एल-१ ले बुधबार (६ असोज) देखि हितग्राही खातामा आईपीएसमार्फत जम्मा गर्नेछ भने एनएमबी फिफ्टीले ७ असोजदेखि जम्मा गर्नेछ।

त्यस्तै, एनएमबी ५० ले आफ्ना इकाइधनीलाई बिहीबारबाट नगद लाभांश पठाउन थाल्ने बताएको छ । दुवै फन्डको योजना व्यवस्थापक एनएमबी क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

आर्थिक वर्ष ०७७/७८ को नाफाबाट एनएमबी हाइब्रिड फन्ड एल-१ ले २० प्रतिशत नगद लाभांश र एनएमबी ५० ले ३० प्रतिशत (करसहित) वितरण गरेका हुन् । यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाइ डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । एनएमबि क्यापिटलका अनुसार खाता अद्यावधिक गरेपछि मात्र लाभांश जम्मा हुनेछ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार १३:२९