सुर्खेत । आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीले बुझाएको सम्पत्ति विवरणमा श्रीमान् रामबहादुर चपाईका नामका वीरेन्द्रनगर नगरपालिका–४ मा आठ कट्टा जमिन रहेको, ऐलानी जग्गामा दुई तले घर बनाएको उल्लेख गरेकी छन् ।
सुर्खेतको लेकवेसी नगरपालिका–१ मा २७३२ दशमलव ४२ वर्गमिटर जग्गा रहेको, एनआइसी एसिया बैंकमा एक लाख ५० हजार रुपैयाँ नगद रहेको, प्राइम सहकारीमा ६ लाख ७१ हजार ८१२ रुपैयाँ बचत रहेको उल्लेख छ ।
१० हजार रुपैयाँमा नयाँ कृषि सहकारीमा एक कित्ता सेयर खरिद, प्राइम सहकारीमा एक लाख ४० हजार पाँच सय रुपैयाँमा १४ सय पाँच कित्ता सेयर खरिद, जलविद्युत तथा विकास कम्पनीमा पाँच हजार ६ सयमा ५६ कित्ता सेयर खरिद, प्राइम सहकारीबाट आठ लाख १० हजार रुपैयाँ ऋण लिएको, नव जनशक्ति सहकारीबाट एक लाख रुपैयाँ ऋण, व्यक्तिगत दुई लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेकी छन् ।
श्रीमान् रामबहादुरका नाममा एउटा ट्याक्टर, मोटरसाइकल, वयर जातको ब्राखापालन, सुर्खेतको लेकबेसी नगरपालिकामा फर्निचर उद्योग रहेको उल्लेख छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्नसिंह बुढाले २०७४ सालमै बुझाएको सम्पत्ति विवरणमा डोल्पाको ठूलीभेरी नगरपालिका–४ मा हजारौ वर्गमिटर जग्गा पुख्र्यौली सम्पत्ति, १५ तोला सुन र एक किलो चाँदी रहेको उल्लेख गरेका छन् ।
Comment