नेपाल पेमेन्ट सोलुसन र सिटी एक्सप्रेस मनी ट्रान्स्फरको सहकार्यमा रेमिट्यान्सको कार्य गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल पेमेन्ट सोलुसन र सिटी एक्सप्रेस मनी ट्रान्स्फरको सहकार्यमा रेमिट्यान्सको कार्य गर्ने



काठमाडौं । नेपाल पेमेन्ट सोलुसन प्रा. लि. ले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ ।

यस कार्यका लागि नेपाल पेमेन्ट सोलुसन प्रा. लि. का चिफ एक्सपेरियन्स अधिक्रीत प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन।

यो प्रयास बाट सेवाग्राहिले रेमिट्यान्सको क्षेत्रमा आफू अनुकुल जहाँकहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतिय रेमिट्यान्स कारोबार गर्नका लागि सहयोग पुर्‍याउने गर्दछ । यो प्रणालीले सेवाग्राहिलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने र भौतिक रेमिट्यान्स भन्दा धेरै सहज, छिटो र सुरक्षित पनि हुने गर्दछ ।

यो एक कस्टोमाइज गरिएको वित्तिय समाधान हो । यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने गर्दछ । यो प्रक्रियाले गर्दा धेरै छिट्टो रकम पठाउन सकिन्छ ।

यो विद्युतिय रेमिट्यान्स कारोबारले पैसा पठाउने र पाउने कार्य एकैसाथ हुने गर्दछ र डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ । यो प्रणाली सबैका लागि सहज, छिटो र सुरक्षित र सरल किसिमको पैसा पठाउने र पाउने माध्यम हो ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १३:०४