नेपाल ल्युब आयलले ३५% लाभांश अनुमोदन गर्न बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल ल्युब आयलले ३५% लाभांश अनुमोदन गर्न बोलायो साधारणसभा



काठमाडाैं । नेपाल ल्युब आयल निगमको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ३० औँ वार्षिक साधारण सभा आह्वान गर्नुका साथै सेयर धनीहरूका लाभाँश प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको निर्णयअनुसार वार्षिक साधारण सभा असोज १८ गते संस्थाको कार्यालय सम्झिखेल, ललितपुर भर्चुअल माध्यमबाट बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयर धनीहरूका लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 


साधारण सभा प्रयोजनार्थ कम्पनीले लागि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज हुने भएको छ । 

प्रकाशित : २७ भाद्र २०७८, आईतवार ११:२९