नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २को लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २को लाभांश घोषणा



काठमाडाैं । नबिल बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ ले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडकाे हिजाे (भदाै २२ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्सड फण्ड २ का इकाईधनीहरूलाई करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

प्रकाशित : 9 September, 2021 10:52 am