काठमाडौं । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कैलालीकोे किसान बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको ग्राहक सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेका छन् ।
स्वावलम्बन विकास केन्द्रका सदस्य रहेका २ वटा सहकारीले यो प्रमाण पत्र पाएका हुन् ।
यो प्रमाणपत्र संस्थाका सदस्यको लागि सुरक्षित छ भनेर अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पेनिङ संस्थाबाट निर्धारण गरिएका ७ वटा मापदण्ड र १ सय ९८ वटा सूचकहरु पालना भए नभएको स्वतन्त्र मूल्यांकनको आधारमा प्रदान गरिन्छ ।
‘
यो प्रमाण पत्र प्रदान गर्नु अघि संस्थाले प्रदान गर्ने सेवाको पारदर्शिता, संस्थाको आत्मनिर्भरता वा मुनाफा आर्जन, उपयुक्त योजना निर्माण र कार्यान्वयन, समस्या समाधानको संयन्त्र, सदस्यहरुको सूचनाको गोपनियता, संस्थाले सदस्यप्रति गर्ने न्यायपूर्ण र सम्मानजनक व्यवहार र जिम्मेवारपूर्ण लगानी तथा सदस्य प्रति जवाफदेहीतालगायत सूचकहरुको मूल्यांकन गरि प्रदान गरिन्छ ।
Comment