सहकारी विभागले सहकारी संघ/संस्थाका नाममा जारी गर्यो यस्तो निर्देशन (पुर्णपाठ सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारी विभागले सहकारी संघ/संस्थाका नाममा जारी गर्यो यस्तो निर्देशन (पुर्णपाठ सहित)



काठमाडाै । सहकारी विभागले सहकारी संघ/संस्था का नाममा १७ बुद्धे निर्देशन जारी गरेको छ ।

बुधबार उपरजिष्ट्रार चोमेन्द्र न्याैपानेद्वारा जारी मार्गदर्शन एवं निर्देश अनुसार आर्थिक वर्ष २०७७/०७८ काे असुली हुन बाँकी ब्याज रकमलाई साउन मसान्तभरी प्राप्त भएमा अघिल्लाे वर्षकाे आम्दानी मानी लेखाङ्कन गर्न सकिने जनाएकाे छ । याे बाध्यकारी भने नहुने र लेखाङ्कन गर्न चाहे बाधा नपर्ने विभागले जनाएकाे छ ।

त्यस्तै सहकारी संस्थाले गर्ने लगानी अधिकतम् उत्पादनमूलक, राेजगारी सृजना हुने र कृषि जन्य क्षेत्रहरुमा गर्न निर्देशन जारी गरेकाे छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न अभौतिक (भर्चुअल) माध्यमबाट कार्यक्रम सञ्चालन गर्न सहकारी संघ/संस्थालाई निर्देशन जारी गरेको छ ।

सहकारी संघ संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, तालिमजस्ता कार्यक्रमहरु सम्भव भएसम्म अभौतिक (भर्चुअल) माध्यमबाट गर्न निर्देशन जारी गरिएको हो । साधारण सभा सम्बन्धी यो ब्यवस्था अघिल्लो आर्थिक बर्षमा समेत गरेको थियो। सरकार तथा विश्व स्वास्थ्य संगठनबाट जारी गरिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्णरुपमा परिपालना गरी सेवा प्रवाहमा पत्यक्ष संलग्न रहने जनशक्ति तथा सेवाग्राहीहरुलाई सक्रमणको जोखिम न्यूनिकरण गर्न उपाय अवलम्बन गर्न भनिएको छ ।

प्रकाशित : १ भाद्र २०७८, मंगलवार २१:२६