सदस्यलाई उद्यमी बनाउदै लामो साँघु सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सदस्यलाई उद्यमी बनाउदै लामो साँघु सहकारी



सिन्धुपाल्चोक । २०६८ सालमा समूह हुँदै सहकारी बनेको  सिन्धुपाल्चोकको  लामो साँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई  उद्यमी बनाउने खालका किसानमुखी कार्यक्रमलाई प्रथामिकता दिएको छ । संस्थामा आवद्ध अधिकाँश सदस्यहरु कृषि कर्ममा नै रमाउदै आएका छन् । यस कारण पनि सहकारीले सस्तो ब्याजदरमा कृषि तथा पशुपालन क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको छ ।

सदस्यको जिवन स्तरलाई माथी उठाउने र उनिहरुलाई उद्यमी बनाउने संस्थाको योजना तथा कार्यक्रमलाई कृषि मैत्री बनाएको  संस्थाका अध्यक्ष पुर्णचन्द्र ढकाल बताए । ‘कृषि उत्पादन गर्ने र व्यवसायिक पशुपालन तथा बाख्रापालन गर्ने सदस्य क्रमशः बढ्दै गएका छन्’ उनले भने । सिन्धुपाल्चोक कृषिको उर्वर भूमि भएकाले  सहकारीका सदस्यको रोजाइ कृषि पर्ने गरेको छ ।

अहिले धेरे कृषक व्यवसायिक  भएको र कृषि उत्पादन नै सदस्यको पहिलो प्राथमिकता बनेको  छ । संस्थाबाट कर्जा लिएर केहीले  फर्निचर व्यवसाय सञञ्चालन गरेका छन् भने केहीले  सवारी साधान समेत चलाएर आत्मनिर्भरको बाटोमा लागेका छन् । यस्तै बैदेशिक रोजगारीमा जाने करिब दश जनाले आफ्नै घर जग्गा धितो राखेर ऋण लिएको संस्थाका ब्यवस्थापक रविन बिकले बताए ।

पैसाका लागि हैन सदस्यको जिवन स्तर सुधारमा केन्द्रित

सदस्यलाई विश्वासमा लिएर काम  गर्नको लागि सहकारीले मलखाद पनि बिक्री गर्दै आएको छ । सहकारीले सदस्यको हितमा के गर्यो भन्ने बिषय महत्वपुर्ण रहेको संस्थका अध्यक्ष ढकाल बताउछन् । यस हिसाबले काम गर्दा हामीले सदस्यलाई  नै सहकारीले सीप सिकाएर सदस्यलाई उद्यमी बनाउन पहल थालेको अध्यक्ष ढकालको भनाई छ ।  अहिले अधिकांश सदस्यले सहकारी के हो र यसमा नियिमत बचत गर्नु पर्छ भन्ने मान्यता विकास भएको ढकालले बताए । उनका अनुसार हाल सम्म संस्थाबाट  व्यवसायिक कृषिका लागि २२ जनाले ५० लाख ऋण लगेको बताए ।

 पैसाका लागि प्रतिस्पर्धा गर्ने भन्दा नि सदस्यको जिवन स्तर कसरी सुधार गर्ने भन्ने पक्षमा केन्द्रित भै काम गर्दै आएको ढकालको कथन छ  । २०७२ सालमा आएको महाभूकम्पले धेरै सहकारीका सदस्य थलिए । भूकम्पले सहकारीका धेरै सदस्यको आवास भत्कियो । अध्यक्ष ढकालका अनुसार भूकम्पपछि गत सालसम्म आवास निर्माणका लागि धेरैले कर्जा लिएका छन् ।

हाल सहकारीमा शेयर सदस्य १ हजार ७ सय ६९ र बाल शेयर सदयस्य ३ सय ८६ गरि  जम्मा २ हजार १ सय ५५ जना सदस्य छन् ।

प्रकाशित : २४ श्रावण २०७८, आईतवार १९:०३